अतुलनीय विशेषताहरु सहित दुई नयाँ चमत्कारी कर्जा योजना एकै साथ

काठमाडौँ, भदौ २६ । एन आई सी एसिया बैँकले अतुलनीय विशेषताहरुसहित दुई नयाँ चमतकारी कर्जा योजना एकै साथ सार्वजनिक गरेको छ ।

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आम जनमानसमा केन्द्रित बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एन आई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँकर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा रचमत्कारिक घर जग्गाकर्जा” सार्वजनिक गरेको हो ।

उक्त कर्जा योजनाहरु बैँकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सबल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको हो ।

चमत्कारिक सवारी कर्जा

एनआईसी एसियाले “एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नेछन् ।

चमत्कारिक सवारी कर्जाका आर्कषक विशेषताहरुः

१.तुरुन्तै कर्जा स्वीकृति (On the Spot Financing) हुने
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने)
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र
भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५.मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था

चमत्कारिक घर जग्गाकर्जा

“एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”भन्ने नाराका साथ एनआई सी एशिया बैंकले चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ ।

मत्कारिक घर जग्गाकर्जाकाआकर्षक विशेषताहरुः

१.आफ्नो आम्दानी अनुसार आफौ मासीक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानीअवधि
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता
र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९%मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने

बैँकले दुवै चमत्कारिक कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई आफुले चाहेको गाडी तथा घरजग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने छ ।

यो योजनाबाट ग्राहकहरु अधिकतम लाभान्वित हुने विश्वास बैँकले लिएको छ । साथै ग्राहकहरुको क्रय शक्ति अझ मजबुत बनाई गाडी चढ्ने तथा आफ्नो निजी घरमा बस्ने सपना यस योजनाले सजिलै पुरा गर्नेमा विश्वस्त रहेको बैँकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४४ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१८८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५९ अर्ब तथा कर्जारू. १३२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाखभन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको ।
ंबैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =