१० लाखका अवैध मोबाइलसहित बनेपाका दाजुभाई पक्राउ
२०७६ माघ १ गते

सांकेतिक तस्विर
माघ १, काठमाडौं । करिब १० लाख मूल्य बराबरको अवैध मोबाइलसहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बनेपाले १० लाखका अवैध मोबाइलसहित बनेपा बसपार्कस्थित ब्रदर्स मोबाइल पसलका सञ्चालक सुनिल खनाल र सुदीप खनाललाई पक्राउ गरेको हो ।

उनीहरूले भन्सार छलेर विभिन्न कम्पनीका ३० मोबाइल सेट पसलमा राखेको पाइएकोले पक्राउ गरिएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको उनको भनाइ छ ।
२०७६ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








