आज नाग पञ्चमी, यस्तो छ विशेषता

काठमाडौं, २० साउन । परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पातालको राजा मानिन्छ, तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ । श्रावन शुक्ल पंचमीलाई नाग पंचमीको रुपमा मनाईन्छ । पंचमी भन्नाले औंसीको पाँचौ दिन हो । यस दिन मूल ढोकामा गोबर लगाएर नागको चित्र टाँस्ने गरिन्छ । जल दुध र घिऊले सर्पलाई स्नान गराईन्छ । गहु दुबो धानको लावा दहि चामलको दुध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ । कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ । सर्पको प्वालमा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु सबै नाग र सर्प लगायत कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ ।
नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने बताइन्छ । नाग मंत्रको उचारणले मात्र पनि सर्पको टोकाईबाट बचिन्छ र सर्पहरु घर वरपर आउँदैनन भन्ने बिस्वास छ । सायद यो मन्त्रको उचारणले मान्छेमा आत्मा बिस्वास जागाउछ होला, जसले गर्दा पूर्व कालमा मान्छे यो गर्मि महिनामा सर्पको भयबाट बच्दथे होलान । यो गर्मिको मौसममा सर्पहरुको सासन रहने कुरालाई अन्यथा पनि मान्न सकिन्न । सर्पबाट बच्नुपर्ने र सावधान हुनुपर्ने कुराको सूचना पनि यो पर्वले प्रवाह गर्दछ । यो पर्वमा नागहरु बिशेष सर्पहरु हुन् । कस्ता सर्प नाग हुन् भन्ने बारेमा खासै राम्रो बयान नभए ता पनि, केहि सर्पहरु जसको हिन्दु कालमा बयान छ ति सर्पहरुलाई प्राय नाग कै नाम दिइएको भेटिन्छ । ति सबै मुख्य नागहरुको पूजा गर्ने चलन छ ।
null
नाग पंचमी किन मनाउन थालियो भन्ने बारे थुप्रै जनबिस्वाशहरु पाइन्छ । नाग पंचमी किन मनाइन्छ भन्ने बारे धेरै धारणाहरु पाइन्छन । कृष्ण भगवानले श्रावण शुक्ल पंचमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियाली मनाउने चलन भंएको पनि मानिन्छ । काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो । उक्त तलाउको नाम टेथिस सगर थियो । त्यस सागरको पनि बाहिर निकाले र मान्छे बस्न योग्य बनाए पछी सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पर्न ठाउँ ठाउँमा नागको स्थानहरु बनियो र पुजा गर्न थालियो भन्ने जना बिस्वास पनि रहेको छ ।
भनिन्छ कस्यप ऋषिका १३ पति हरु मध्ये कद्रूले ८ नागहरुलाई जन्म दिईन । ति नागहरु पातालका ससक भए । ति सबै ८ नागका नाम नाग मंत्रमा यसरी रहेका छन् – अनन्तं वासुकिं शेषं पद्मनाभं कम्बल शंखपालं धार्तराष्ट्रं तक्षकं र कालिया । यी नागहरु धेरै शक्तिशाली र भयानक मानिन्छ । यिनको पुजा गर्नाले यी नाघरु शान्त रहने विश्वास गरिन्छ । यिनै ८ नागका नामहरु लेखेर ढोकामा टास्ने गरिन्छ । नागलाइ वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानि नपर्ने र पानि नपरे खेतिबालि गर्न गार्हो हुने हुनाले पनि नागको पूजा आवस्यक मानिन्छ । कथा बस्तु जे भएपनि सर्प पनि यो बातावरणको एउटा अभिन्न अंग हो । उनीहरुको आफनै स्थान छ । हाम्रो पनि आफ्नो परम्परालाइ पछाउनु र जोगाउनु कर्तब्य हो ।








