नवनियुक्त प्रधानन्यायाधीश मिश्रको कार्यकाल ३ महिना मात्र हुने

काठमाडौं, भाद्र २५। नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतलाई भष्ट्रचार र विचौलियामुक्त बनाउने बताएका छन् । बिहिबार संसदीय सुनुवाई समितिको बैठकमा उनले अदालतको काम कारवाहीलाई चुस्त दुरुस्त र छिटो छरितो रुपमा अघि बढाउने उल्लेख गरे ।

सांसदहरुले प्रश्न गर्नुअघि उनले २५ पानाको आफ्नो कार्ययोजना सांसदहरु समक्ष प्रस्तुत गरेका थिए । उनले अदालतमा हुने ढिलासुस्तीलाई कम गर्ने बताँउदै अदालतभित्र हुने अनियमितता रोक्न निगरानी समितिलाई सक्रिय बनाउने बताए ।

उनले भने– ‘अदालतभित्र केही हुँदैछ भने आकस्मिक निरिक्षण गरेर नियमन गर्ने योजना छ ।’ आर्थिक रुपमा कमजोर र विपन्नलाई निःशुल्क कानुनी सेवा दिने बताउँदै कागजबिहिन प्रशासन सञ्चालन गर्ने उल्लेख गरे ।

सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले सुचना प्रविधीको प्रयोगबाट पेशी तोक्ने बताउँदै मान्छेको संलग्नतालाई कम गराउने बताए । अदालतमा राजनीतिक प्रभाव नरहेको बताउदै उनले फैसलामा पक्षपात नहुने बताए ।

सांसदहरुले सर्वोच्च अदालत विकास विरोधी रहेको, ठेकेदारको पक्षमा फैसला गर्ने गरेको भन्ने सांसदहरुको आरोपमा प्रधानन्यायाधीश मिश्रले भने– ‘पहिला मनपरी फैसला गर्ने चलन थियो, न्यायधीश सर्वज्ञ भगवान हुँदैन, कागज प्रमाण हेरेर फैसला गर्नुपर्ने हुन्छ । काम गर्दा कसैको समर्थन र विरोधमा हुँदैन ।’

उनले आफूमाथि परेको ३ वटा उजुरीको पनि खण्डन गरेका छन् । आफ्नो जीवनकालमा १७ हजार मुद्दा हेरेको भन्दै उनले आफूबाट कुनै त्रुटी नभएको दावी गरे ।

४ महिना कार्यकाल रहेका प्रधानन्यायाधीश मिश्रले १ महिना बिदा कटाँउदा ३ महिना काम गर्नेछन् । यो अवधीमा आफूले गर्ने ४० बुँदामा २५ पानाको कार्ययोजना प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =