नेपाली किक बक्सर घिमिरेले जापानी मुक्केवाजलाई नकाउट हाने

माघ ६, टोकियो । हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सर खेलाडी अबिरल घिमिरेले टोकियोमा  भएको हिट ४६ किक बक्सिङमा जापानीज मुक्केवाजलाई नकाउट हानेका छन् । 

टोकियोमा नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी पहिलो राउन्डमै नकाउट हानेका हुन् । चन्द्रागिरिका २१ बर्षिय अविरले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जित्ने कान्छा बक्सर हुन । 

जापानको नागोया शहरमा रहेर किक बक्सिङका व्यवसायिक खेल खेल्दै आएका अबिरल जापानमा नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन् । हाल सम्म उनले ७ वटा नकाउट र ५ वटामा समान जित हासिल गरि नेपालको झण्डा फराउन सफल भएका छन् । 

खेल हेर्न पुगेका दर्शकहरूलाई  रिंग भित्रबाटै उपस्थित सयौं जापानी नागरिकहरूलाइ नेपाल भ्रमणको निम्तो दिदैँ नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरे। नेपाली झण्डा फहराउँदै अबिरलले नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार गरेका छन्।   

अबिरलले आफ्नो जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र नेपाली समर्थकलाई दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =