खेल्ने क्रममा पोखरीमा डुब्दा दिदी बहिनीको ज्यान गुम्यो
मकालु खबर
२०७६ असार २२ गते
असार २१, लहान । शुक्रबार साँझ सिरहामा खेल्ने क्रममा पोखरीमा डुब्दा दुई दिदी बहिनीको ज्यान गएकाे छ ।
null
प्रहरीको अनुसार सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित साझा पोखरीमा खेल्ने क्रममा डुब्दा दुई दिदी बहिनीको ज्यान गएकाे हो ।
ज्यान जानेमा स्थानिय नथु कुमार यादवका ६ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा बताएका छन् ।
मकालु खबर
२०७६ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित