‘थेवे डन’ हुँ भन्दै धम्क्याउने अखिलका केन्द्रिय सदस्य प्रहरी नियन्त्रणमा

भाद्र २३, भक्तपुर । आफुलाई ‘थेवे डन’ भन्दै विभिन्न ब्यक्तिलाई ज्यान मार्ने धम्की दिने अखिलका एक केन्द्रिय सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थिमी प्रहरीले आज अखिलका केन्द्रिय सदस्य तथा ओखलढुङ्गा जिल्ला इन्चार्ज दीपक फुँयाललाई चन्दा आतंक मच्चाएको तथा फोनमा विभिन्न ब्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरेको हो ।

फुँयालले आफ्नो मोवाइलबाट आफ्नै गाउँका कमल बहादुर बानीयाँलार्इ ज्यान मार्ने धम्की दिएका थिए । बानीयाँले अाफुलार्इ  एक साता अघि थेवे डन भन्दै धम्की अाएपछि ज्यान बचाउन प्रहरीकाे शरणमा गएकाे बताए । उनले मकालु खबरसँग बाेल्दै केहि दिन अघि ९८१५७०९१८५ नंम्बरको मोवाइलबाट ‘म थेवे डन बोलेको, मेरो काम मान्छे काट्ने अनी खोलामा फ्याक्ने हो तँ पनि बाँकी रहँदैनस्’ भनेर फोन आएको बताए ।

पिडित बाँनीयाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी कार्यालय थिमीका डिएसपी मिलन केसीले बताए । ‘उहाँको मोवाइलबाट एक जना ब्यक्तिलाई धम्की आएको रहेछ, ती ब्यक्तिले उजुरी गरेपछि अनुसन्धानको क्रममा उहाँको मोवाइल भएको पुष्टि भएपछि के रहेछ भनेर बुझ्न ल्याइएको हो ।’ डिएसपी केसीले भने ।

भक्तपुरकै पेप्सीकोला बस्ने दीपक फुँयाल ‘थेवे डन’ ले केहि समय अघि विभिन्न होटलमा जाँडरक्सी खाने अनी पैसा नतिर्ने गरेका समेत छन् । आफ्नो पहुँच माथिल्लो निकाय सम्म रहेको भन्दै विगतमा उनले विभिन्न ब्यक्तिसँग चन्दा उठाउने गरेका थिए ।

स्रोतका अनुसार उनले केहि ब्यापारीलाई ‘थेवे डन’ भनेर धम्क्याएका थिए । तीनै मध्ये एकले प्रहरीमा शान्ति सुरक्षा कायम गरिपाउँ भन्दै निवेदन हालेका हुन् । पिडित ब्यक्तिलाई बारम्बार ‘थेवे डन’ हुँ भन्दै फोन आएपछि प्रहरीको शरणमा गएका हुन् ।

डिएसपी केसीले फुँयालको मोवाइलबाट धम्की दिएको पुष्टि भएकोले अनुसन्धानका लागि ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =