अनमोल र साम्राज्ञीले पाए पपुलर अवार्डः महजोडी भए सूर्य रत्नबाट सम्मान
मंसिर ९, जापान । अहिलेको सुपरहिट नायक अनमोल केसीले ‘क्याप्टेन’ चलचित्रबाट पपुलर नायकको अवार्ड पाएका छन् भने चलचित्र ’कायरा’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायिकाको अवार्ड पाएकी छिन् ।
आइतबार साँझ जापानको टोकियोमा दोस्रो पटक सम्पन्न भएको ईन्टरनेशनल अवार्ड २०१९ मा नायिका शाह र नायक केसीले यो उपाधी हात पान सफल भएका हुन् । यस समारोहमा नेपालका बरिष्ठ हाँस्य कलाकार मदकृष्ण श्रेष्ठ र हरिबंश आचार्य भने ‘सूर्य रत्न सम्मानबाट सम्मानित भएका छन् ।
कार्यक्रममा निर्देशक तथा वरिष्ठ कलाकर नीर विक्रम शाह ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । त्यसै गरी क्याप्टेन तथा कलाकार विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान २०१९’ गरिएको कार्यक्रममा चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मण सुवेदी सम्मानित भए । उनलाई नगद २५ हजार जापनिज रुपैयाँ सहितको पुरस्कार प्रदान गरिएकाे छ ।
चलचित्र ’छक्का पञ्जा ३’बाट निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड जित्न सफल भएकी छिन् भने नायिका वर्षा राउतले चलचित्र ’गोपी’बाट पपुलर सह नायिकाको अवार्ड पाएकी छिन् । समारोहमा उत्कृष्ट निर्देशक क्रिटिक्सतर्फ गोपीबाट निर्देशक दिपेन्द्र लामाले अवार्ड पाएका छन् ।
त्यसैगरी यस समारोहमा बुद्वी तामाङ, मन्जु पौडेल, कुलेन्द्र बिक, सञ्जिब पाराजुली, टिका प्रसाई, राजेश पायल राई, मेलिना राई, विपिन कार्की , नम्रता श्रेष्ठ, दिपेन्द्र लामा लगायतले पनि अवार्ड हात पार्न सफल भएका थिए ।
आयोजकका अनुसार ५ दर्जन भन्दा बढि कलाकार सहभागी रहेको यस समारोहकमा न्युन दर्शकको सहभागी रहेको थियो । यस कार्यक्रममा सहभागी हुन नेपालबाट ५३ जनाको कलाकार टोली जापान पुगेको बताईएको छ ।
१५ सयको हल्लामा १ हजार दर्शकको आशा थियो। तर दर्शकको संख्या २ सय ८० को हाराहारीमा मात्र रहेको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले जानकारी दिएका छन् ।