चीनका बन्दरगाहका चुनौति : न सकड, न त तेश्रो मुुलुुकसँग सम्झौता

“काठमाडौं, भदौ २३ । नेपाललाई चीनका बन्दरगाहहरू प्रयोग गर्न दिने सम्झौतामा हस्ताक्षर भएको छ । योसँग भारतको एकाधिकार तोडिएको छ । भारतले लगाएको नाकाबन्दीपछि विकल्प खोजेको नेपालले चीनसँग महत्वपुुर्ण सम्झौता गरेको हो । बिहिबार राति दुुई देशका अधिकारीले यो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
तर चीनका बन्दरगाह प्रयोग गर्न भने निकै चुुनौति देखिएको छ । पूर्वाधारको अभाव र तेस्रो मुलुकसँगको कारोबारमा हुने प्रकृयागत झन्झटका कारण बन्दरगाह प्रयोग गर्न कठिन देखिएको छ ।
एउटा महत्त्वपूर्ण मानिएको पारवहन सम्बन्धी सम्झौताको प्रोटोकल अर्थात कार्यविधिको मस्यौदामा सहमत भएपछि प्रयोगमा आउने अपेक्षा गरिएको छ ।
अढाई वर्षअघि नेपालले चीनको बाटो तथा बन्दरगाहहरू प्रयोग गरि आयात–निर्यात गर्न पाउने गरि भएको उक्त पारवहन सम्झौताको प्रोटोकल तयार भएपछि अब चाँडै कार्यान्वयनमा आउने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र बहुराष्ट्रिय ढुवानी व्यवसायमा संलग्न व्यवसायी राजन शर्माले बताएका छन् ।
नजिकको बन्दरगाह नै चारहजार किलोमिटरमा
प्रयोग गरिने भनिएका ६ वटा नेपाली नाकासम्म पुग्ने सडक पूर्वाधार प्रभावकारी नभएकाले सहजै चीनबाट आयात–निर्यात गर्न सक्ने अवस्था छैन।
नेपालले हाल प्रयोग गरिरहेका भारतीय बन्दरगाहहरूको तुलनामा चीनका बन्दरगाहहरूको दूरी निक्कै टाढा छ । सबैभन्दा नजिकको भनिएको तियान्जेन बन्दरगाह पुग्न समेत करिब चार हजार किलोमिटर यात्रा गर्नुपर्छ ।
समुद्री ढुवानी सबैभन्दा सस्तो मानिन्छ । समुद्रीपछि रेल र त्यसपछि सडकबाट हुने ढुवानी मँहगा हुन् । चीनबाट आयात वा निर्यात गर्दा समुद्रको तुलनामा रेल र सडक धेरै प्रयोग गर्नुपर्छ। त्यसले आर्थिक भार बढाउन सक्छ ।
चीनले, तेस्रो मुलुकबाट आयात र निर्यात गर्दा नेपाली व्यवसायीले के–कस्ता प्रकृया पूरा गर्नुपर्ने प्रावधानहरू राख्छ त्यसमा पारवहनको सहजता निर्भर हुनेछ ।
भन्सार, ढुवानी र सामान हराउँदा दिइने क्षतिपूर्ती बारे चीनले परम्परागत पारवहन साझेदार भारतले जस्तो सहजीकरण नगर्न सक्छ ।
जापान र कोरिया बाहेक अन्यत्रबाट सामान ल्याउँदा वा पठाउँदा खासै सहज हुने जस्तो देखिदैन।
नेपाली सवारी तथा व्यवसायीले अहिले चीनको भूमिमा सहज प्रवेश पाइरहेका छैनन्। यस्तै अवस्था जारी रहे यो सम्झौता कागजमै सीमित हुनसक्छ ।
हालसम्म प्रयोगात्मक रूपमा चीनतर्फको पारवहनको परीक्षण नै गरिएको छैन। त्यसले गर्दा कस्ता समस्या छन् भन्ने नै जानकारी नभएकाले तत्कालै ढुवानी सहज हुने देखिँदैन।
समयका हिसाबले चीनबाट आयात गर्न किफायती हुने जस्तो देखिए पनि आर्थिक लागत भने बढी पर्ने सम्भावना छ। यसको रणनीतिक महत्त्व भएपनि व्यावहारिक हिसाबले भने धेरै खाले समस्या देखिन सक्छन्।”








