निगमले बढायो खाना पकाउने ग्याँसको मूल्य
२०७४ जेठ १५ गते

“काठमाडौँ, भाद्र २२ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैंयाको दरले खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाउने निगमले निर्णय गरेको हो।
भारतबाट मूल्य बढेर आएको र अमेरिकी डलरको भाउ बढ्दा घाटा बढ्दै गएको भन्दै निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।
त्यस्तै पेट्रोल लिटरमा १ र मट्टितेल÷डिजेलमा ३ रुपैयाँ मूल्य बढेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








