क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस सुन्तली मलेसियामा

 

 माघ २५, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउनका लागि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मलेसियामा छन् । 

गत माघ १६ गते औपचारिक घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस–सुन्तली साँझ आयोजना गरिएको छ । जसअन्तर्गत तीन प्रस्तुति मध्ये दुई वटा कार्यक्रम सम्पन्न भइसकेका छन् । पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको हो । 

null

 

कलाकरद्वय सीताराम कट्टेल कुञ्जना घिमिरेसँगै लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ लगायतका टोली गत सोमबार मलेसिया प्रस्थान गरेका थिए । 

 

धुर्मुस सुन्तली ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणका लागि ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ–२०७५’ को आयोजना गरेको हो। क्वालालम्पुर र पेनाङपश्चात अब फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ। 

 

करिब तीन अर्बको लागत अनुमान गरिएको रंगशाला चितवनमा बन्नेछ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो । 

 

पर्याप्त पूर्वाधार बिना नै नेपाली क्रिकेट खेलाडीले अन्तराष्ट्रिय रुपमा अभुतपूर्व सफलता हासिल गरिरहेका छन् । अब अन्तराष्ट्रिय रंगशाला पनि निमार्ण हुने भएपछि नेपाली क्रिकेट नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ । 

 

धुर्मुस-सुन्तलीले  क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =