म्यारोडोना मेक्सीकोको बी डिभिजन खेल्ने क्लवको प्रशिक्षक

“एजेन्सी, भदौ २२ । अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोना सबैलाई आश्चर्यचकीत बनाउँदै मेक्सीकोको बी डिभिजन खेल्ने क्लब डोरदास डी सिनालोको प्रशिक्षकमा नियुक्त भएका छन। अर्जेन्टिनाका पूर्व कप्तान तथा प्रशिक्षक म्याराडोनालाई क्लबले कति समयका लागि अनुबन्ध गरेको भन्ने खुलेको छैन्।

५७ बर्षे म्याराडोनालाई क्लवले फ्रान्सिस्को गामेजको स्थानमा प्रशिक्षकमा नियुक्त गरेको मेक्सिकन सञ्ञ्चारमाध्यामहरुले जनाएका छन्। केहि दिन अघिमात्र क्लबले गामेजलाई प्रशिक्षकबाट हटाएको थियो।

म्यारोडोनाले ठुलोमात्रामा रकम लिएर अनुबन्धन भएको चर्चा चलेको छ । सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनाले जित्दा नायक बनेका म्याराडोना सर्वकालिन महान खेलाडीको सुचिमा पर्छन। सन् १९७७ देखि १९९४ सम्म राष्ट्रिय टिमबाट खेलेका उनी सन् २००८ देखि २०१० सम्म राष्ट्रिय टिमको प्रशिक्षक थिए।

सन् २००३ मा स्थापना भएको मेक्सिकन क्लवबाट म्यानचेस्टर सिटीका हालका प्रशिक्षक पेप ग्वार्डियोलाले १९९६ मा ६ महिना खेलेका थिए। म्याराडोना यसअघि युएईको अल फुजेरा क्लवका प्रशिक्षक थिए। यहाँ उनको कार्यकाल गत अप्रिलमा सकिएको थियो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =