एन आई सी एशिया बैंकको नयाँ शाखा मोरङ्गको लेटाङ्गमा

कात्तिक १६, लेटाङ्ग । बैकिङ क्षेत्रमा विस्वासिलो बैंक बन्न सफल एन आई सी एशिया बैंकले नयाँ शाखा मोरङ्गको लेटाङ्ग नगरपालिकामा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले आज एक कार्यक्रमका विच गरे ।
बैंकको शाखा उद्घाटन गर्दै कार्यकारी निर्देशक ढुङ्गानाले एन आइ सी एशिया बैंकले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गर्दा बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको बताए । उनले ग्रामिण भेगका जनतालाई बैकिङ्ग सेवा दिन बैंकले अपनाएको रणनीतिको प्रशंशा गरे ।
null
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले उपस्थित अतिथीज्यूहरुलाई धन्यबाद ज्ञापन गर्दै बैंकले छोटो अवधिमा जनताको विस्वास जित्न सफल भएको बताए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।








