तलब र भत्ता माग्दै स्वास्थ्यकर्मीहरु धर्नामा

“महोत्तरी, भदाै २० । महोत्तरीको सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरु तलब र भत्ताको माग गर्दै गाउँपालिका कार्यालयमा धर्नामा बसेका छन् । गएको वैशाख महिनादेखि तलब नपाएको भन्दै गाँउपालिकामा कार्यरत ३६ जना स्वास्थ्यकर्मीहरु धर्नामा बसेका हुन् ।

विभिन्न वहाना बनाएर स्वास्थ्यकर्मीको माग सुनवाई नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीले बताए ।

पछिल्लो समयमा गाँउपालिकासँग वार्ता गर्न जाँदा १५ दिनको म्याद दिएर आफूहरुलाई अन्यौलमा पारेको र पछि लेखा अधिकृत नभएको भन्दै वहाना देखाएर गाँउपालिकाको कार्यालयले माग सुनावाई नगरेको चिकित्सकले बताए ।

स्वास्थ्यकर्मीको माग सुनवाईको सम्बन्धमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि गाँउपालिकाको कार्यालयमा तालाबन्दीसमेत गर्ने   तयारी ग्चेेका छन्।

५ वटा स्वास्थ्य संस्था रहेको सम्सी गाँउपालिकामा ३६ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =