बर्दगोरीया गाउँपालिका–१ को वडा कार्यालय जाने सडक कालोपत्र हुँदै

फागुन ३, बौनिया । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. १ साझा वडा कार्यालय जाने सडकखण्ड कालोपत्र हुने भएको छ । बनिबार गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारु र वडा नं. १ का वडा अध्यक्ष जयरुप खतिवडाले संयुक्त रुपमा रोडको उद्धघाटन गरेका छन् । 

आर्थिक वर्ष २०७६÷०७७ को वडा पालिक बाट विनियोजित रकमबाट सो सडकखण्ड कालोपत्र हुन लागेको हो । उक्त सडकखण्ड कालोपत्रका लागि सावर्णे कन्सट्रक्सन बर्दगोेरीयासँग गाउँपालिकाले ठेक्का सम्झौता गरेको छ । वडापालिकाबाट विनियोजित रकमको गाउँपालिकाले ठेक्का आव्हन गरेको थियो । सो सडकखण्ड कालोपत्र बन्ने भए पछि स्थानीय पनि खुसी भएका छन । 

महेन्द्र राजमार्गदेखि दक्षिण साझा वडा कार्यालय जाने करीब ५ सय मिटर गत वर्ष कलोपत्र भएको थियो भने बाँकी रहेको ४ सय ५० मिटर यस वर्ष कालोेपत्र हुन लागेको हो । सडक कालोपत्र नहुँदा उक्त सडक सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको थियो । 

कालोपत्रका लागि वडापालिकाले रु.३० लाख बजेट विनियोजित गरेको वडाअध्यक्ष जयरुप खतिवडाले जानकारी दिए । स्थानीयको आवश्यकतालाई मध्य नजर गर्दै सो सडकखण्डलाई कालोपत्रका लागी निरन्तरता दिएको खतिवडाले जानकारी दिए । यो सडक खण्ड कालोपत्र संगै अन्य वडा नं. १ मा विकास निर्माणका कामले पनि तिव्रता पाउने उनले जानकारी दिए । 

आफूले आजबाट सो सडकखण्डको काम तिव्र रुपमा अगाडी बढाउने सावर्णे कन्सट्रक्सनका संचालक कृष्ण विष्टले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =