डलरको भाउ बुुधबार पनि बढ्यो, १ सय १५ पुुग्न लाग्यो

“काठमाडौं, भदौ २० । अमेरिकी डलरको मूल्य बुधबार थप उकालो लागेको छ । मंगलबार १ सय १४ रुपैयाँ २४ पैसा रहेको डलरको मूूल्य बुधबार ६० पैसाले बढ्दै १ सय १४ रुपैयाँ ८४ पैसा पुुगेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रिदर १ सय १४ रुपैयाँ ८४ पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३२ रुपैयाँ ०२ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ७२  पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ०३ पैसा र बिक्रिदर ८२ रुपैयाँ ४६ पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ २६ पैसा र बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ९३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३ सय ४ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सबै हेर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =