रेडक्रस दिवस: नेपाल रेडक्रस सोसाइटीले बेसहाराहरुलाई भोजन खुवाए

“
लम्की, भाद्र १९ । आज नेपाल रेडक्रस दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ७ मा रहेको असहायहरुका लागि सहयोगी हातहरु नेपालको सहारा घरमा रहेका ३२ जना बेसहाराहरुलाई भोजन खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।
रेडक्रस सबै ठाउँमा, सबैका लागि भन्ने मुल नारा सहित नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख थापाले सहारा घरले थुप्रै बेसहराहरुलाई सहारा दिन सफल रहेको बताउँदै सहारा घरमा रहेका बेसहराहरुलाई व्यपस्थित गर्नका लागि आफूले पहल गर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले असहायहरुका लागि सहयोगी हातहरु नेपालको सहारा घरका लागि आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा अध्यक्ष डगौरा थारुले सहारा घरमा रहेका विद्यार्थीहरुको सहजताका लागि २ वटा साइकल उपलब्ध गराउने घोषणा गरेका छन् ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले सहारा घरका लागि संस्थागत रुपमा मात्र नभएर व्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, नेपाल रेडक्रस सोसाइटी दरख उपशाखाका सभापति तथा कैलाली शाखाका सदस्य दिनेशकुमार लामिछाने, कैलाली जिल्ला सदस्य राकेश हमाल, सहारा घरका संस्थापक बलबहादुर बिष्ट लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका कोषाध्यक्ष खेमा थापाले सहारा घरकालागि नगद रु. बिस हजार रुपैया सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले सहारा घरमा रहेका ३२ जना बेसहराहरुलाई भोजन गराउनुका साथै १ थान त्रिपाल , १५ थान कम्बल, १५ थान प्लेट थाल, भाँडाकुडा लगायतका सामग्री समेत सहारा घरका संस्थापक बलबहादुर बिष्टलाई हस्तान्तरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका उपसचिव प्रेमराज मुडभरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव विनोद आचार्यले गरेका थिए ।
“








