यौन सम्पर्कबाट कोरोना सर्छ कि सर्दैन ?

काठमाडौं। कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ। यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ। आखिर कोरोना भाइरस कसरी फैलिन्छ ?
कोरोना भाइरस कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। विश्व स्वास्थ्य संगठनका प्रवक्ताका अनुसार कोरोना भाइरसबाट पीडित व्यक्तिभन्दा कम्तीमा पनि तीन फिट टाढा रहनुपर्छ। तर द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जारी गरेको सूचनामा पीडितभन्दा ६ फिट टाढा रहनुपर्ने उल्लेख छ।
बस, रेल या कुनै सार्वजनिक स्थलमा कोरोना भाइरस भएमा त्यहाँबाट फैलिने खतरा हुन्छ। हङकङको सेन्टर फर हेल्थले एक बौद्ध मन्दिरमा आएका केही श्रद्धालु यसैकारण कोरोना संक्रमित भएको बताएको छ। अहिलेसम्मकै नयाँ किसिमको भाइरस भएकाले यो कसरी सर्छ, कहाँ, कतिन्जेल बाँच्छ, यसबाट बच्न के गर्नुपर्छजस्ता विषयमा अनुसन्धान आउने क्रम जारी छ।

सँगसँगै यो भाइरसको संक्रमणबाट बच्न बारम्बार साबुन-पानीले हात धुने, मास्क लगाउने र खासगरी संक्रमितले खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका छिटाबाट यो भाइरस सर्ने भएकाले त्यस्ता क्रियाकलापबाट सुरक्षित रहन चिकित्सकले सुझाव दिइरहेका छन्।
कुनै कोरोना पीडित व्यक्ति आफैंले हातले खाना खाएको वा कम ठाउँमा धेरै मानिस खाना खान जम्मा भएमा पनि कोरोना भाइरस फैलिने खतरा हुन्छ। विशेषगरी कोरोना भाइरस संक्रमित व्यक्तिको थुक तथा र्यालमा रहन्छ भनेर यस क्षेत्रका विज्ञले बताइरहेका छन्। त्यसैबाट बच्न हात साबुन-पानीले धोइरहने तथा स्यानिटाइजर लगाउन सल्लाह उनीहरुले दिइरहेका छन्। यद्यपि तातो खानामा कोरोना भाइरस निष्क्रिय हुनसक्छ।
तर अहिले यो त्राससँगै धेरै मानिसमा लुकेको एउटा जिज्ञासा यो पनि हुन सक्छ- यो भाइरस यौन-सम्पर्कबाट चाहिँ सर्ने हाे कि नसर्ने हाे ? यो कुराचाहिँ किन भनिरहेका छैनन्, चिकित्सक ? विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘सेक्सुअल ट्रान्समिटेड डिजिज’ अर्थात यौन सम्बन्धबाट सर्ने रोग होइन।
त्यसकारण यौन सम्बन्ध राख्दैमा कोरोना भाइरस सर्दैन। अहिलेसम्म यौन सम्पर्कबाट कोरोना सरेको पुष्टि अहिलेसम्म कतैबाट भएको पनि छैन। अर्थात् यसको वैज्ञानिक आधार छैन। तर यौन सम्बन्धका क्रममा जुन यौन क्रिडा हुन्छ, त्यो निकै खतरनाक हुनजान्छ। पीडित व्यक्तिलाई किस गरेको खण्डमा कोरोना भाइरस सर्ने अधिक सम्भावना हुन्छ।










