सम्भोगको समय लामो सम्म बनाई राख्न पुरुषको लागि केही टिप्स

 फागुन २०, एजेन्सी । पुरुषहरुको लागि लामो समय सेक्स गर्न केही टिप्सहरु रहेका छन् । यस टिप्सहरु पालाना गर्न सकेमा पुरुषहरुले शिघ्र स्खलन हुने समस्याबाट मुक्त हुन सक्छन् । लामो समय विर्य धारण गर्न पनि पुरुषहरुलाई यी टिप्सहरुले मदत गर्छन् । 

रक्सी तथा चुरोटको सेवन बन्द गर्नुहोस् 

  

धेरै रक्सी र चुरोट सेवनका कारण यौन सम्बन्धमा समस्या खडा हुने गर्छ । लामो समयसम्म सेक्स गर्ने क्षमतामा यसले कमी ल्याउने गर्छ । 

कण्डमको प्रयोग गर्नुहोस् 

ज्यादातर पुरुषहरु कण्डोम प्रयोग गर्न हिचकिचाउने गर्छन् । तर, कण्डमको प्रयोगले लामो समयसम्म सेक्स गर्न सकिन्छ । यसले सुरक्षित सेक्स गर्न पनि मद्दत गर्छ । 

नियमित व्यायाम गर्नुपर्छ 

राम्रो सेक्सको लागि दैनिक व्यायाम गर्नु अत्यन्त फलदायी हुन्छ । यसले शरिरलाई स्वस्थ राख्नुको साथै, सेक्स पर्फर्मेन्समा पनि उत्तिकै मद्दत गर्छ । 

शान्त रहनुहोस् 

सेक्सका बखत नआत्तिनुहोस् । सेक्सका लागि पुर्ण तयार भएर बस्नुहोस् । शीघ्रपतन मानसिक समस्या हो । यस कारण पनि शान्त रहनु जरुरी छ । यस समस्यालाई हटाउन सक्नु भएमा लामो समय सेक्स गर्न सकिन्छ । 

रोमान्स गर्ने 

धेरै पुरुष सोझै सेक्सका लागि हामफाल्छन् । तर, रोमान्सको महत्व सेक्स दौरान प्रमुख रहन्छ । रोमान्स गर्दा दुवैजनाले एकअर्कालाई सहज रुपमा लिने वातावरण निर्माण हुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =