नेपाललाई आठौं सफलता, एकै ओभरमा सन्दीपले लिए दुई विकेट
२०७४ जेठ १५ गते

“काठमाडौँ, भदाै १६ । एसिया कप क्रिकेटको छनौट खेलमा नेपालविरुद्ध आक्रमक सुरुवात गरेको मलेसियाको ब्याटिङ धरमरमा परेको छ । नेपालले आठौं विकेट हात पारेको छ । सोमपालले २८ औ ओभरको दोश्रो बलमा व्यक्तिगत दोश्रो विकेट लिएका हुन् । त्यसअघि नेपालका लागि २७ औं ओभरमा सन्दीप लामिछानेले २ विकेट लिएका हुन् ।
२७ औं ओभरको दोश्रो बलमा सन्दिपले मोहमद ह्यावातलाई पेवेलिएन फर्काएका सन्दीपले चौथो बलमा स्यादु्रज इद्रुजलाई पनि टिक्न दिएनन् ।
२८ औं ओभरको खेल सकिँदा मलेसियाले १ सय ५९ रन बनाएको छ । अब उसलाई जीतका लागि २ ओभरमा ३० रन आवश्यक छ ।
यसअघि नेपालका लागि बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र सागर पुनले १÷१ विकेट लिएका छन् । नेपालले आयोजक मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित भएको खेल ३० ओभरमा छोट्याइएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








