एसिया कप क्रिकेटः नेपाललाई तेस्रो सफलता, सागरले लिए विकेट

काठमाडौँ, भदौ १६ । एसिया कप क्रिकेटको छनौट खेलमा नेपालले मलेसियाको तेश्रो विकेट लिएको छ । १७ औं ओभरको दोश्रो बलमा सागरले मोहमद अंवारलाई आउट गरेका हुन् । उनले ४० बलमा ३४ रन बनाएका थिए ।

१७.२ ओभरमा मलेसियाले तीन विकेटको क्षतिमा ८२ रन बनाएको छ । नेपालका लागि ११ औं ओभरको पहिलो बलमा बसन्त रेग्मीले २ बलमा २२ रन बनाएका अहमिद फाइजलाई क्याचआउट गराएका हुन् । बसन्तको बलमा कप्तान पारस खड्काले क्याच आउट गरे । त्यसअघि नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका थिए ।सोमपालले मलेसियाका कप्तान साफिक सारिफलाई ९ रनमा पेवेलियन फर्काएका हुन् ।

नेपालले आयोजक मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । वर्षाका कारण प्रभावित भएको खेल ३० ओभरमा छोट्याइएकोमा नेपालले ७ विकेटको क्षतिमा १८८ रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाए । ऐरीले ५१ ब्लमा ५४ तथा शेखले ४८ बलमा नटआउट ६४ रन बनाए । पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, अनिल कुमार साहले १६, सुवास खकुरेलले ९ तथा बसन्त रेग्मीले ६ रन बनाए ।

सु?का दुुई खेलमा पराजित भएको नेपालका लागि मलेसियासँगको खेल एसिया कप क्रिकेट खेल्ने आश जीवित राख्नका लागि महत्वपूर्ण छ । युुएईमा हुने एसिया कप खेल्ने आशा जीवितै राख्नका लागि नेपालले यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।

नेपाल बाँकी सबै तीन खेल जित्नु पर्ने दबाब छ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ । पहिलो खेलमा हङकङलाई हराएको मलेसिया दोस्रो खेलमा भने ओमानसँग २ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =