राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै
२०७५ चैत १ गते

चैत १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्कँदै छिन् ।
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर आज दिउँसो करिब साढे ३ बजे कतार एयरलाइन्सबाट नेपाल आइपुग्नेछिन् ।
null
राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन विमानस्थलदेखि शितलनिवाससम्म सर्वसाधारणको आवत–जावतमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्न सक्छ भन्ने विषयमा धारणा राखेकी थिइन् ।
यस्तै, साइडलाइन बार्तामा उनले संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य देशका सहभागीसँग भेटघाट गरेकी छिन् ।
अधिवेशनमा भाग लिन उनी सोमबार अमेरिका गएकी थिइन् ।
२०७५ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








