एन आई सी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

“
काठमाडौँ, भदौ १५ । एन आई सी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ ।
सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।
साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने कर सहित १,४७,३६,८४२.११ (एक करोड सड्चालिस लाख छत्तिस हजार आठ सय बयालिस रुपैयाँ एघार पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
छिटो तथा ग्राहकमुखि सेवा दिँदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले आगामी दिनहरुमा थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता सो सभामा व्यक्त गर्यो ।
निष्काशन तथा बिक्रीप्रबन्धक सँगै एन आई सी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फण्ड, एक लाख तीस हजार भन्दा अधिक डीम्याट (डीपी) सेवाग्राही तथा ५ वटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै एन आई सी एशिया क्यापिटल लिमिटेड हालै मात्र लगानी परामर्श सेवा समेत ल्याएको एन आई सी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले जानकारी दिए ।
“








