युरोपेली युनियनको चेतावनीः कारमाथि करवृद्धि स्वीकार्य हुँदैन

फ्रान्कफर्ट, भदौ १५ । युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कारको अमेरिका आयातमा करवृद्धि गरेमा युरोपेली युनियनले पनि करबृद्धि गर्ने शुक्रबार चेतावनी दिएका छन् । “कारमाथि नयाँ करवृद्धिका बारेमा हामीले ट्रम्पसँग एक प्रकारको युद्धविराम गरेका थियौं ।”

जन्करले भने, “युद्धविरामको अर्थ नै कहिलेकाहिँ त्रासको वातावरण सिर्जना हुन्छ तर त्यसलाई सम्मान गरिन्छ ।”

तर यदि अमेरिकी राष्ट्रपतिले त्यस सम्झौताको उल्लङ्घन गरेमा र युरोपेली युनियन क्षेत्रबाट आयातित कारमा करबृद्धि गरेमा हामीले पनि त्यस्तै गर्नुको विकल्प छैन, जन्करले भने ।

ट्रम्पले युरोपेली युनियनको चारपाङ्ग्रे सवारी साधनमा करबृद्धि नगर्ने भन्ने प्रस्तावलाई अस्वीकृत गरेको भन्ने समाचार आएलगत्तै जन्करको यस्तो भनाइ सार्वजनिक भएको हो ।

युरोपेली व्यापार आयुक्त सेसिलिया माल्मस्ट्रोमले युनियनले “कारमाथिको करबृद्धिलाई शून्यमा ल्याउने” प्रस्ताव गरेको र वासिङ्टनबाट पनि त्यस्तै अपेक्षा गरेको बताए ।

ब्लूम्बर्ग न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपको प्रस्ताव राम्रो र पर्याप्त नभएको बताएका छन् । “युरोपेलीको उपभोग्य व्यवहार नै आफ्नो उत्पादनको प्रयोग गर्ने हो, हाम्रो कार किन्ने हुँदैन ।”

उनले युरोपेली युनियनसँग चीनको तुलना पनि गरे । चीनसँग अमेरिकाको व्यापार युद्ध कठिन मोडमा छ । “युरोपेली युनियन चीनजस्तै हो,” ट्रम्पले ब्लूम्बर्गसँग भने ।

अमेरिकाले युरोपेली धातुयुक्त सामग्रीमाथि करबृद्धिको घोषणा गरेलगत्तै ट्रम्पसँग जन्करले जुलाईमा ह्वाइटहासमा भेट गरेका थिए । भेटपछि दुवै पक्षले नयाँ करबृद्धिका घोषणा नगर्ने र अर्को व्यापार सम्झौता गर्ने सहमति गरेका थिए ।

ट्रम्पले विगतमा युरोपेली कारमाथि २५ प्रतिशतसम्म करवृद्धि गर्ने चेतावनी दिएका थिए । करवृद्धि गरिए जर्मन कारनिर्माताहरु जस्तै भक्सवागन र बिएमडब्लुमाथि सबैभन्दा ठूलो समस्या खडा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =