सौन्दर्यको लागि उपयोगी सुन्तलाको बोक्रा

फागुन २७, काडमाडौँ । सुन्तलामा पाइने भिटामिन सी हाम्रो स्वास्थ्यका लागि मात्र होइन, अन्य प्रयोजनका लागि पनि फाइदाजनक हुन्छ । सुन्तलाको बोक्रालाई अनुहारमा चमक ल्याउन, चायाँ हटाउन, डण्डिफोरबाट छुटकारा पाउन तथा छालालाई गोरो बनाउनका लागि प्रयोग गर्न सकिन्छ । 

अनुहारमा चमक ल्याउनका लागि 

सुन्तलामा पाइने भिटामिन ‘सी’ र म्याग्नेसियमले हाम्रो अनुहारका दाग तथा धब्बालाई हटाएर छालालाई सफा र चम्किलो बनाउन सक्छ । त्यसका लागि सुन्तलाको बोक्राबाट बनाइएको पाउडरलाई एक चम्चा दही र महसँग मिलाइ फेस प्याक बनाएर लगाउने र सुकेपछि धुने गर्नुपर्छ। 

Image result for सुन्तलाको बोक्रा

  

कपालको चायाबाट राहत पाउन 

सुन्तलाको बोक्रा छालालाई मात्र होइन कपालका लागि पनि धेरै राम्रो मानिन्छ । त्यसका लागि नुहाउनु भन्दा १५ मिनेट अगाडि बोक्राको २ चम्चा पाउडरलाई एक चम्चा पानीमा मिसाएर टाउकोको छालामा राम्रोसँग मसाज गर्नुपर्छ। यसरी हप्तामा दुईपटक यो उपाय अपनाएमा चायाबाट चाँडै छुटकारा पाउन सकिन्छ । 

पिम्पल र ब्ल्याकहेडबाछ छुटकारा पाउन 

सुन्तलाको बोक्राको  २ चम्चा पाउडर र दुई चम्चा गुलाबजल अनि एक चम्चा चिनी मिसाएर अनुहारमा लगाउने हो  भने यसले डण्डिफोरका कारण  अनुहार पोल्ने समस्याबाट राहत दिलाउँछ र ब्ल्याकहेड पनि हटाउन मद्दत गर्छ । 

छालालाई गोरो बनाउन 

सुन्तलाको बोक्रामा हुने भिटमीन ‘सी’मा छालामा भएको फोहोर फाल्न गर्न सक्ने गुण हुन्छ जसले तपाईको छालाको रङ निखार्न मद्दत गर्दछ । त्यसका लागि हप्तामा दुई पटक सुन्तलाको पाउडर, पानी र कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् । 

सुख्खा छालाका लागि 

यदि तपाईको छालामा सुख्खा हुने समस्या छ भने एक चम्चा सुन्तलाको बोक्राको पाउडर र एक चम्चा नरिवलको तेल अनि दुध मिसाएर लगाउनुहोस अनि १० मिनेटपछि धुनुहोस् । हप्तामा तीन पटकसम्म यो उपाय अपनाएमा यसले छालालाई सुख्खा हुनबाट बचाउँछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =