खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड शुरु

पुष २७ गते ।  चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा आइतबारदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्थानीय तह भएपछि यि दुई नगरपालिकाले दोश्रो पटक प्रतियोगिताको आयोजना गरेको हो ।   

खैरहनी नगरपालिकाको आयोजनामा खैरहनी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख डल्लाकोटीले खेलकुद राष्ट्रको पहिचान रहेको बताउँदै खेलकुदले शारीरिक,मानसिक, व्यक्तित्वको विकास हुनुका साथै राष्ट्रको गरिमा बढाउने बताए ।   

खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले नगरस्तरमा उत्पादन भएका खेलाडीले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने अबसर पाउने भएकाले त्यसैका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्व राख्ने बताए । नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल,खैरहनी ७ का वडाध्यक्ष एवंम् सामाजिक विकास समिति संयोजक मनेजर चौधरी लगायतले मन्तव्य राखेका थिए ।   

पहिलो दिन १ हजार ५ सय मिटर दौडको छात्र तर्फ सैनिक आवासीय महाविद्यालयका स्वीकार सुवेदी प्रथम हुँदा डेजी आवासीय माध्यमिक विद्यालयका निशान्त भट्टराई दोश्रो तथा ग्लोसाईन एकेडेमीका निशान पन्तले तृतिय स्थान हासिल गरे । सोही मिटर दौडमा छात्रा तर्फ खैरहनी माध्यमिक विद्यालयकी तिर्सना नेपाल,खैरहनी माविकै आयुषा गिरी र कंकाली माविकी भावना रिजाल क्रमशः प्रथम,द्धितिय र तृतिय भए ।   

भलिवल र कबड्रडीका पहिलो चरणका खेलहरु पनि भएका छन् ।  खैरहनीमा ११ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयले सहभागीता जनाएका छन् । राप्ती नगरपालिकाको आयोजना बुद्धशान्ती माध्यमिक विद्यालयको चौरमा सुरु भएको प्रतियोगिताको प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे । प्रतियोगितामा एथलेटिक्स, भलिवल र कवड्डीका खेलहरु हुने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी शम्भु  प्रसाद पौडेलले बताए । राप्ती नगरपालिका प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इमानसिंह लामाले स्वागत मन्तव्य राखेका थिए । राप्तीमा सामुदायिक र संस्थागत गरि कुल १३ विद्यालयको सहभागीता रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =