माधव नेपालले भनेः झगडा भएको कहिले छ र ?

मुलुकको वर्तमान अवस्था र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलाले (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालसंग गरेको कुराकानिको सम्पादित अंशः

सरकारले जनताको काम गर्न सकेन, सरकार असफल भयो नि ?

जनताको काम गर्नको लागि सरकार प्रयन्तशिल छ । जनताको काम गर्नको लागि सरकार बनेको हो । जनताका कामहरु गर्नुपर्छ । सरकारले जनताको आवाज सुनेरै कञ्चनपुरका एसपीलाई कारबाही गरेको छ । डिएसपीलाई हटाईयो । सिडियोलाई हटाईएको छ । बलात्कारका घटनालाई न्यूनिकरण गर्नको लागि कानूलाई बलियो बनाउनु पर्यो । घटना किन घट्यो ? कसरी घटना भयो ? दोषिलाई पक्राउ गर्न सकेन भने त्यस्तो प्रशासनलाई कारबाही गर्नुपर्छ ।

कञ्चनपुर घटनामा प्रशासनले कर्तव्य पूरा गरेको देखिएन नि ?

छानविन भईरहेको छ । छानविन समिति बनेको छ । आधिकारिक रिपोर्ट ल्याउछ । त्यो रिपोर्टले को–को दोषी छन् ? सबै कुरा बाहिर आउछ ।

हरेक घटनाहरुमा प्रहरी प्रसाशन किन मुछिन्छ ?

छाडातन्त्र ह्वावि भएको कारण । एउटा सचिवलाई कारबाही गर्न नसक्ने । कानून खुकुलो छ । कडा कानून ल्याउनु पर्यो । अटेरीहरु, भष्ट्रचार गर्नेहरु, बिना पैसा काम नगर्नेहरु, बद्मासिहरु, कर्तव्यपूरा नगर्नेहरुमाथि छानविन हुनैपर्छ ।

काम नभएका स्थानहरुमा सरकार पुगेर गल्ति गर्नेहरुलाई कारबाही गर्नुपर्छ । मन्त्री, सचिव, राजनीतिक नेताहरुले गल्ति गरेको खण्डमा सरकारले प्रहार गर्नुपर्यो । जनताको काम गर्न कानूनले बाधा पुर्याएको छ भने कानून परिर्वतन गर्नुपर्यो । सरकारमा पुगेका मानिसले कसम खाएर आएका छन् । उनीहरुले व्यबहारमा उर्तानु पर्यो ।

बालुवाटारमा बस्ने मानिस नै भष्ट्र भएपछि के लाग्छ ? प्रधानमन्त्री नगर्नुहोला त्यो फरक कुरा हो ?

त्यस्तो हुन सक्दैन ।

मन्त्रीहरुले काम गर्न सकेनन् नि ?

सरकारलाई जानकारी गराउनुहोस् । प्रधानमन्त्रीले त्यस्ता मन्त्रीहरुमाथि छानविन गर्नुहुन्छ । मन्त्रीहरु भष्ट्र भएको मेरो जानकारीमा छैन् । स्थानीय हतमा नगरप्रमुखहरुले खुल्याम भष्ट्रचार गरेको मैले सुनेको छु । अनुगमन गर्न गएको अख्तिायारका कर्मचारी नै सिमापारि गएर सफिङ गरेर फकेको कुरा,रिपोर्टमा केही पनि भएको छैन् भनेर भनेको कुरा मैले सुनेर प्रधानमन्त्रीलाई जानकारी दिएको छु ।

अख्तियारका कर्मचारीहरुले यसरी कर्तवय पुरा नगर्ने भएपछि अख्तियार प्रमुख माथि प्रश्न गर्नुपरेन ? कारबाही गर्नुहोस् कर्मचारीले किन कर्तव्य पूरा गरेनन् ? भनेर मैले भनेको छु । भष्ट्रचारलाई नियन्तरण र कारबाही गर्नको लागि बनेको अख्तियारलाई शसक्त बनाउन र सरकारले पनि भूमिका खेल्नुपर्छ ।

अख्तियार कम्जोर बन्यो नि ? उसले याक्शनमा गएर काम गर्न सकेन ?

कम्जोर बनेको छ । म पनि भन्छु । अख्तियारले राम्रो काम गर्न सकेको छैन् । अख्तियारका कर्मचारी किन टुलुटुल के हेरेर बसेको छ ? महिनौं भईसक्यो मसँग रिपोर्ट आएको । किन कारबाही गर्न सकेन ? मेरो पनि पश्न छ । कि अख्तियार अरु कतैबाट सञ्चालित छ ? कि कसैले काम गर्न दिएको छैन् ? उसले भन्नु पर्यो नि । नक्कलि बिल, १० प्रतिशत काम गरेका व्यक्ति र संस्थाले सय प्रतिशत काम गरेको बिल पेश गरेका छन् । यस्तो पनि हुन्छ । सरकारले कडा भएर लाग्नु पर्छ । मेरो सुझाव पनि यहि हो ।

जनतामा निरासा कायम छ नि ?

हामीले पार्टीभित्र सरकारले गरेका प्रगतीका बारेमा छलफल गर्ने । कमि कम्जोरीहरु पत्ता लगाएर दोषी उपर कारबाही गर्नुपर्छ भनेका छौं । विगतमा नेपाली कांग्रेसले गरेका गल्तिहरु हाम्रो सरकारले गर्नु हुदैन ।

दिनको संकेत बिहानीले गर्छ भने जस्तै ६ महिनासम्म सरकारले प्रभावकारी रुपमा काम गर्न सकेन नि ?

काम हुँदैछन् । सरकारले काम गर्दैछ । भष्ट्रचारी, दोषीलाई कारबाही हुनुपर्छ । अर्को कुरा अदालतले गरिब, अन्यायमा परेका व्यक्तिहरुलाई न्याय दिनुपर्छ । समाजवादी बन्नुपर्छ । यसो नहोला, उसो होला, भनेर हुन्छ ? अदालतले कानूनलाई अन्धो बनाउनु हुँदैन । कानून अन्धो हुँदैन । जागरुक हुन्छ । अन्यायमा परेकालाई नदेख्ने कानून हुान्छ ? अदालत हुन्छ ? अदालतमाथि गम्भिर प्रश्न खडा भएको छ । योग्य मानिसहरुको खाँचो देखिएको छ । सरकारलाई राम्रो कुरामा सहयोग गर्नुपर्छ । भष्ट्रचार ठहर गरिएका व्यक्तिलाई उन्मुक्ति दिन काम अदालतले गर्नुहुँदैन ।

अदालतमा राजनीतिक प्रभाव छ नि ?

किन दबाबमा पर्ने ? अदालतले स्वच्छ भएर काम गर्ने हो । जनताको भलाईको लागि काम गर्ने हो । कुन राजनीतिक दलले दबाब दियो भन्नु पर्यो । त्यसको सामान जनताले गर्छन् । न्याय सम्पादनमा अदालत कम्जोर बनेको स्थितिमा पीडितले न्याय पाउने सम्भावना कम हुन्छ । पैसाको प्रलोभन छैन्, कसैले मार्ने धम्कि दिएको छैन् भने अदालत किन डराउने ? सरकारी जग्गा व्यक्तिको नाममा पार्ने ।

भष्ट्रचारीलाई यसले केही गरेको छैन् भनेर छुटकरा दिने अदालतले हो ? नाङ्गो आँखाले हेर्दा पनि जग्गा सार्वजनिक देखिन्छ । बन्द गर्दापनि सयौं वर्षदेखि त्यो जग्गा सार्वजनिक जग्गा हो भनेर भन्न सकिन्छ । तर अदालतले व्यक्तिको नाममा पारिदिन्छ । यो कसको दोष हो ? कानून अन्धो होईन । अदालत अन्धो हुनपगेको छ । यस्तो आदेश दिन अदालतले लाज मान्नुपर्दैन ?

न्यायलयलाई सुधार्न गर्नको लागि तपाईसँग सञ्जिवनि बुटि के छ ?

पहिलो कुरा त सतबुद्धि र प्रणालीको सिद्धान्त अुनसार अदालतमा जानुपर्छ । पैसा कमाउने होईन, पीडितलाई न्याय दिने, जनताको पक्षमा काम गर्ने न्यायधीशहरु अदालतमा जानुपर्छ ।

कामू प्रधानान्याधीश दीपकराज जोशीलाई रोक्नु भयो नि ? अदालतमाथिको हमाला भन्नु मिल्छ ?

व्यक्ति र निकाय दुबैको सरोकारको विषय हो ।

संविधान परिषले गरेको निर्णयलाई संसदीय सुनुवाई समितिले रोक्न मिल्छ ?

मिल्छ । किन मिल्दैन ? मनपरी गर्न पाईदैन । नराम्रो काम गर्नेलाई छोड्नु हुँदैन ।

प्रेसलाई पनि अंकुश लगाउनु हुन्छ ?

लगाउनु पर्छ । कोही पनि गतिछाडा हुन पाईदैन । गल्ति गर्नेलाई छोड्नुहुँदैन । हाम्रो मुलुकमा सबैलाई राम्रो गर्न छुट छ । नराम्रो गर्ने जो कोही कानूनको भागिदार हुनैपर्छ । यस्तै भनेर छोड्दा त हाम्रो देशको हालत यस्तो भयो ।

पत्रकारले जे पायो त्यहि बोलेको छ, लेखेको छ, छापेको छ । यस्तो पत्रकारीताले मुलुक कहाँ पुग्छ ? प्रेस, अदालत, सरकार र राजनीतिकसँग जोडिए कै कारण उन्मुक्ति पाउने ? यो हुन सक्दैन । प्रेसले ल्याउने राम्रा काममा सरकारले कुनै रोक लगाएको छ भने भन्नुहोस् । प्रेसले सत्य तथ्य कुरालाई बाहिर ल्याउने पत्रकारलाई कुनै बाधा हुदैन ।

सार्क राष्ट्रमा भारतले जे भन्यो त्यो हुन्छ भन्छन् नि ?

त्यो हुँदैन ।

तपाईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नुभएको छैन् ?

छैन् । अरु नेतासँग भएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओली र तपाईको केमिष्ट्र मिलेको छ ?

देशको विकासका लागि हामी मिल्नु पर्दैन ? हामीले मिलेका छौं । झगडा भएको कहिले छ र ? अुनचित काम गर्नलाई बहिष्कार गरौं । हिजोदेखि आजसम्म मुलुक र जनताको लागि राम्रो गर्नलाई सम्मान गरौं । हाम्रो पार्टीलाई बलियो बनाउनेमा ओली र मेरो बीचमा सहमति भएको छ । मुलुक र पार्टीलाई नीति नियम र विधानको आधारमा चलाउने कुरामा हाम्रो सहमति हुन्छ । त्यस बाहेक कुनै प्रकारको सहमति हुँदैन ।

एकता महाधिबेशन पछि तपाई नेकपाको अध्यक्ष बन्ने सहमति भएको हो ?

तपाई कि जाजुसी हो ? कि तपाई जोतिषि हो ? कि त तपाई ग्याभलर हुनुपर्यो ? अँध्यारोमा झटारो हानेर हुँदैन । अहिले नै अध्यक्ष बन्ने भनेर माला जपेर बस्ने काम मेरो होईन । मुलुकलाई कसरी समृद्धि तर्फ लैजाने भन्ने मेरो चिन्ता छ । म प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा राखेको थिए महिला हिँसा बिरोधी सेल । त्यो सेलको माध्ययम मार्फत महिला हिँसाका घटनाहरुका बारेमा खोजिनीति गर्दथे । म आफैले फोन गरेर सोध्ने गर्थे । हरेक जिल्लामा महिलामाथि, दलितमाथि कुनै अपराधिक काम भएभने त्यसको कारण र त्यसको जिम्मेवार जिल्ला सरकार हो ।

तपाईले काम गर्नुभएको छ, म सम्मान गर्छु अब तपाई भन्नुहोस्, नेकपाको अध्यक्ष बन्ने कि नबन्ने ?

ओह ! आजै मैले माला जपेर बस्ने होईन । अहिले त दुईजना अध्यक्ष हुनुहुन्छ । म थपिएर तीन जना हुने ? यस्ता कुराहरु गरेर हुँदैन । अहिलेको विषय भनेको मुलुक र पार्टीलाई कसरी अघि बढाउने भन्ने हो । म त्यस कुरामा कल्पीत छु ।

एकता महाधिबेशनको बारेमा कुनै सहमति भएको छैन् ?

यसमा मेरो स्पष्ट धारणा छ, मुलुकलाई कानूनको आधारमा चलाउनु पर्छ, कुनैपनि बिषयमा छलफलका आधारमा कुनैपनि निर्णय हुनुपर्छ ।
तीन नम्बरमा मुल्याङ्कनको विधि र मापदण्डको आधारमा योग्य व्यक्तिलाई अवसर दिनपर्छ । चार नम्बरमा कामहरु पारदर्शि हुनुपर्छ । पार्टी र सरकारमा रहेर जनताको पक्षमा काम गर्नेलाई पुरस्कृत र गल्ति गर्नेलाई दण्डीत गर्नुपर्छ । अन्तीममा पार्टी र देश चलाउने नेताहरुकोबीचमा विश्वास हुनुपर्छ ।

नेकपा भित्र गुटहरु मौलाई रहेका छन् नि ?

हो मैले माथि भनेका कुराहरुलाई व्यवहारमा उर्तार्ने हो भने गुटको अन्त्य हुन्छ । समयको सदुपयोगको लागि मैले नयाँ टाईम दिने र कार्यकर्ताहरुबीचको भेटघाटलाई विषय छलफलमा केन्द्रीत गर्ने सोचमा छु ।

प्रचण्ड र तपाईबीचको सम्बज्ध दरारमा परिणत भएको हो ?

कसले सुनाउछ हँ तपाईलाई यस्ता कुरा ? मलाई र प्रचण्डलाई लडाउने ? मलाई र ओलीलाई लडाने काम हो तपाईको ? पार्टीलाई विधिको आधारमा अघि बढ्ने हो । विश्वास र समजदारीको आधारमा पार्टी चल्ने हो । विधि र मान्यतामा कुनै कम्परमाईज गर्दिन ।

तपाईलाई जता पनि मिल्ने नेता भन्न थालिएको छ नि ?

गलत । पदको लागि म कसैसँग मिल्दिन । मुलुक र पार्टीलाई सहि बाटोमा हिडाउनको लागि मेरो भूमिका रहन्छ । पदको लागि शंका नगरे हुन्छ । पार्टीको जिम्मेवार पदमा हुँदैगर्दा पदबाट राजिनामा दिने व्यक्ति मै हुँ । अरुको कुनै छोरो जन्मिएको छ ? पार्टीको महासचिव र प्रधानमन्त्रीको पदबाट राजिनामा दिने मानिस मै हुँ । मलाई तपाईले गर्ने प्रश्न यहि हो ? महासचिव र प्रधानमन्त्री पदबाट राजीनामा दिन नचाहेको भए कसैले हल्लाउन सक्थ्यो ? चुनाव हारेको कांग्रेसमा कुनै नेता देखा परे ? माधव नेपाल सिद्धान्तनिष्ट मानिस हो । मेरो अनुचितलाई साथ रहँदैन । नबिराउनु नडराउने भन्ने मेरो मान्यता हो । मलाई यो गुट त्यो गुट भनेर कसैले भन्छ भने त्यो सत्य होईन । माधव नेपालले निजि स्वार्थमा कसैलाई धोका दिदैन । आगामी दिनमा पनि धोका हुँदैन ।

तपाईलाई प्रधानमन्त्री बनाउनको लागि प्रचण्डले ठूलो भूमिका खेल्नु भएको हो नि ?

त्यसो होईन । संविधान सभाको सदस्य बनाउनको लागि उँहाले भूमिका खेल्नु भएको हो । संवैधानिक समितिको सभापति बनाउनमा पनि प्रचण्डको हात रहेको हो । प्रधानमन्त्री त म परिबन्धमा बनेको हुँ । उहाँले राजिनामा दिनुभयो । मलाई प्रधानमन्त्री बनाउन भूमिका छ भने तत्कालिन एमालेको केन्द्रीय कमिटि र गिरिजा प्रसाद कोईरालाको छ । प्रचण्डले त मेरो राजिनामाको माग गरेको गरै गर्नु भएको हो । माधव नेपालको सरकार कठपुतलि सरकार भन्ने उहाँनै हो । तर संविधान सभाको सदस्य बनाउनमा उहाँको भूमिका थियो । म अरु जस्तो नेता होईन । प्रसंशा गर्न लोभ गर्ने मानिस म होईन । शान्ति प्रक्रियामा मैले खेलेको भूमिकालाई सकैले भन्दैनन् ।

ओली सरकार पाँच वर्षसम्म रहन्छ ?

किन नरहने ? प्रधानमन्त्री फेर्दै हिड्ने त ? अझ पनि हामीले सचेत नहुने ? यस्ता हावा प्रश्न गर्नुहुँदैन । सरकारलाई साथ दिनुहोस् । हाम्रो पार्टीले जनतालाई सन्तुष्टि दिने हो । पदको बारेमा गीत गाउँदै हिड्ने कुरा होईन ।

झलनाथ खनालको स्थानमा तपाई आउनु भयो नि ?

यो गलत । मैले झलनाथ खनालको स्थानमा आएको पनि होईन । उहाँ विस्थापित हुनुभएको पनि होईन, बरु उहाँलाई पनि वरिष्ठ नेतामा राखौ भन्ने मान्छे म हुँ । उहाँलाई एक नम्बरमा राख्नुहोस् भन्ने मानिस हुँ । उहाँलाई हटाएर मलाई एक नम्बरमा ल्याउनुहोस् भन्ने मानिस म होईन । कति सय ? कति हजार चोटी भन्नुपर्छ । म तयार छु ।

अन्त्यमा, बामदेव गौतमलाई सांसद बनाएर राष्ट्रिय सभामा ल्याउने तयार छ नि ?

हो । उहाँको भूमिका र योगदानको कदर गर्नको लागि यो काम हुँदैछ । उहाँको संसदमा आवश्यकता छ । सबै सिनियर नेताले जित्ने उहाँलाई हराईदिने कुरा हुँदैन ।
रिपाेर्टस नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =