काठमाडौँमा फाट्ट फुट्ट मात्र सवारीसाधन : यात्रुहरु थप समस्यामा (फोटोफिचर सहित)

“
काठमाडौँ, भदौ १३ । भोलीबाट सुरु हुने बंगालको खाडीका लागि प्रयास बिम्स्टेकका लागि नेपालको मुटु काठमाडौँलाई बेहुलीजस्तै चिटिक्क सिँगारिएको छ । सधैं दुर्घन्धित रहने सहर अहिले सफा चिटिक्क भएको छ ।
बंगालको खाडीको प्रयास बिम्स्टेकका लागि एयरपोर्टदेखि बालुवाटारसम्म जम्मा ५८ वटा गेट बनाइएको छ । ती गेटमा बिम्स्टेकमा सहभागी हुने देशका प्रधानमन्त्री, राष्ट्रपतिको तस्बिर, बुद्ध नेपालमा नै जन्मिएका हुन लगायत अन्य लोगो राखिएको छ ।
बिम्स्टेक लागेसँगै अहिले यात्रुहरु थप समस्यामा पर्न थालेका छन् । सरकारले बिम्स्टेकका बेला जोर बिजोर प्रणाली लागू गर्दा सवारीको संख्या सडकका कम देखिन थालेका छन् । गृहमन्त्रालयले भदौ १३ र १५ गते बिजोर सवारी चलाउने निर्देशन दिएको छ भने १४ गते जोर गाडी चलाउने निर्देशन दिएको छ ।
जोरबिजोर प्रणाली लागू गरिएकै कारण सरकारी कार्यालयका कर्मचारीहरु समयमा कार्यालय समेत पुग्न सकेका छैनन् । जसका कारण सेवाग्राहीले थप समस्या बेहोरिरहेको छ ।
भोलीबाट सुरु हुने (बिम्स्टेक) मा जोरबिजोर प्रणाली लागू हुँदा आज सिँहदरबारमा जे देखियो । अरु बेला यस क्षेत्र निकै नै व्यस्त रहने गरेको छ ।
तस्बिर : मीना घोरसाइने
“








