एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन ६ मा

माघ १२, काठमाडौँ । एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७५ फागुन ६ गते बसन्तपुर डबली, काठमाडौंमा हुने भएको छ । अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए । 

 अवार्डको १४ औं संस्करणमा विभिन्न २८ खेलका पुरुष/महिलासहित २८ खेलाडीलाई अवार्ड प्रदान गरिने छ । इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलहरुमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्बिङ, बास्केटबल, लनटेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्केक सिलात, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स र गल्फ रहेका छन् । यि खेलका विजेतालाई जनही १० हजारसहित ट्रफी प्रदान गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा विजेताको चयन गरिने छ । नगद पुरस्कारमा खेलाडी संघले ५ हजार र सम्बन्धित खेल संघले ५ हजार उपलब्ध गराउने छन् । 

अठाइस खेलका विजेता मध्येबाट १–१ सर्वोत्कृष्ट पुरुष/महिला खेलाडीको छनोट गरी जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । यसका लागि गत वर्ष नै ग्लोबल आईएमइ बैंकसंग ५ वर्षका लागि सम्झौता भइसकेको छ । त्यत्ति बेला जनता बैंकसंग सम्झौता भएको थियो । जनता बैंक अहिले ग्लोबल आईएमइमा ‘मर्ज’ भएको छ । 

त्यस्तै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित गजराज जोशी आदर्श खेलाडी सम्मानबाट १ खेलाडीलाई पुरस्कृत गरिने छ । यो अवार्डको विजेताले ३५ हजार नगद प्राप्त गर्ने छन् । विगतामा यो अवार्डको राशी २५ हजार रुपैयाँ थियो । एनएनआईपीए खेलकुद पत्रकारिता अवार्डबाट १ खेल पत्रकारलाई २५ हजार नगदनबाट पुरस्कृत गरिने छ । नयाँ विधाका रुपमा पारा खेलकुदतर्फ २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक पारा खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ । 

अवार्डको स्थानीय आयोजकमा काठमाडौं महानगरपालिका रहेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका सामाजिक विकास प्रमुख सनत थापा र ग्लोबल आईएमईका म्यानेजर– सीबीआर छविलाल हुमागाईंको पनि उपस्थिति रहेको थियो । 

एन्जल्स हर्टको मिश्रित प्रदर्शन 

आयोजक एन्जल्स हर्टले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार मिश्रित प्रदर्शन गरेको छ । एन्जल्स हर्ट ‘ए’ ले सफलता पायो भने ‘बी’ टिम पराजित भयो । 

  

मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हर्ट ‘ए’ ले गोल्डेनपिकलाई ४०–३४ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रतीक गौली र रोशन श्रेष्ठले समान ८–८ अंक जोडे । नेसनल युनाइटेडले एन्जल्स हर्ट ‘बी’ लाई २६–२४ ले हरायो । नेसनल युनाइटेडका रोशन मल्लले १२ स्कोर गरे । 

अन्य खेलमा एचएचसीएले एनईएलाई ४०–३५, सेबले नेपाल मोडेललाई २८–२३, लालीगुराँसले ईबीएलाई २०–१४, ग्रिनफिल्डले नवोदितलाई ३४–२० र बीएनएले काठमाडौं भ्यालीलाई ३४–१९ ले पाखा लगाए । 

 प्रतियोगिताको नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने र एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । माघ २० गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा २० टिम सहभागी छन् । 

क्वाटरफाइनल समीकरण पूरा 

पाँचौं ओप्स खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटबलमा आइतबार क्वाटरफाइनल समीकरण तयार भएको छ । 

क्वाटरफाइनल मनासलु र चिल्ड्रन हेराल्ड एकेडेमी (सीएचए), प्रगति र सेक्रेड हर्ट, विभूति र मस्र्याङदी तथा हिमरश्मी र श्रृजना ज्ञान सागरबीच हुने छ । 

आइतबार ६ खेल सम्पन्न भए । त्यसमा ४ खेल बराबरीमा सम्पन्न भयो । मनासलु र सेक्रेड हर्ट तथा श्रृजना ज्ञान सागर र पुष्पकुञ्जले गोलरहित बराबरी खेले । त्यस्तै सेब र कौशल तथा प्रगति र सीएचएबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो । बाँकी खेलमा मस्र्याङ्दीले हिमरश्मीलाई २–१ गोलले पराजित ग¥यो भने एन्जल्स हर्टले फेरील्यान्डबाट वाक ओभर पायो । 

आत्मरक्षा तालिम सुरु 

राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद् भन्ने नाराका साथ आइतबार देखी सुरु भएको प्रशिक्षक प्रशिक्षण सम्मेलनमा आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिने छ । 

नेपाल सेल्फ डिफेन्सको आयोजनामा सुरु भएको सम्मेलनमा अमेरिकबाट आएका आत्मरक्षाका गार्ड मास्टरले सम्मेलनमा सहभागी प्रशिक्षकहरुलाई प्रशिक्षण गर्नेछन् । 

तीन दिन सम्म संचालन हुने अन्तर्राष्ट्रिय तालिममा देशका ३७ जिल्लाका आत्मरक्षा तालीमका कोचहरुको सहभागी रहेको छ । यसअघि सुन्दर पर्यटकीय नगरी पोखरामा संचालन गरिएको आत्मरक्षा तालीम काठमाडौं पश्चात जनकपुरमा संचालन हुने नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी प्रमुख सञ्जु महर्जनले जानकारी गराइन् । 

अन्तराष्ट्रिय हाप्कीडो सेमिनार सम्पन्न 

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको आयोजनामा पोखरामा प्रथम अन्तराष्ट्रिय हाप्कीडोे सेमिनार आइतबार सम्पन्न भएको छ । आइतबार कास्कीको पोेखरा रंगशालामा अवस्थित कभर्डहलमा सेमिनारमा सफलता पाउने प्रशिक्षार्थीलाइ प्रमाणपत्र पत्र प्रदान गरियो । सोही अवसरमा गत साता सम्पन्न भएको राष्ट्रिय रेफ्रि सेमिनारमा सहभागिलाई पनि प्रमाणपत्र प्रदान गरियो । 

 सेमिनारमा ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ, स्पेनका मास्टर सल्भाडोर कभालेरो र सिनीयर मास्टर नेपालका काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए । 

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्ती मगरको सभापतीत्वमा भएको  कार्यक्रम शैल्ताज कुवँरले सञ्चालन गरेकी थिइन् । कास्की मार्सल आर्ट्स जिल्ला हाप्कीडो संघका अध्यक्ष मदन जीसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष एम वि आस्था र  उपाध्यक्ष तारा माया थापा सहित अन्य अधिकारीको उपस्थिती थियो । कार्यक्रममा कास्कीका विभिन्न संघ सस्थाका प्रतिनिधीको पनि उपस्थिती थियो ।   

गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसीएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको सहयोगमा आयोजीत दुइ दिने सेमिनारले खेललाई अन्तराष्ट्रिय स्तरमा समेत परिचित गराएको आयोजकले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =