तालिम लिएका युवाले अनिवार्य रुपमा खटाएको क्षेत्रमा काम गर्नुपर्ने

काठमाडौँ, भदौ १२ । अब बेरोजगार युवाले अनिवार्य रुपमा तालिम लिएपछि तोकिएबमोजिम अनिवार्य रुपमा काम गर्नुपर्ने भएको छ ।

आज पहिलोपटक प्रतिनिधिसभामामा पेश भएको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले बेरोजगार सूचना केन्द्रमार्फत तालिम लिइसकेपछि अनिवार्य रुपमा तोकिएबमोजिम काम गर्नुपर्ने व्यवस्था छ ।

‘यस ऐन बमोजिमको बेरोजगार सेवा कार्यक्रम अन्तर्गतको तालिम प्राप्त गरेको व्यक्तिले रोजगार सेवा केन्द्रले खटाएको स्थान वा क्षेत्रमा गई तोकिए बमोजिम काम गर्नुपर्नेछ ।’ बेरोजगार सहायता सम्बन्धी विधेयक दफा २२ को उपदफा १ मा भनिएको छ ।

विधेयकको (उपदफा) २ मा (उपदफा) १ बमोजिम खटाएको क्षेत्रमा काम गर्न नजाने वा इन्कार गर्ने व्यक्तिलाई बेरोजगार सूचीबाट हटाई दफा २२ बमोजिमको निर्वाह भत्ता प्रदान गरिनेछैन भनी उल्लेख गरिएको छ ।

विधेयकको दफा २२ निर्वाह भत्ता दिने भनी उल्लेख गरिएको छ । उक्त दफाको उपदफा (१) मा ‘नेपाल सारकारले रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसकेमा एक आर्थिक वर्षमा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको एकसय दिन बराबरको रकमको पचास प्रतिशत रकम तोतिएको शर्तको अधीनमा रही निर्वाह भत्ता उपलब्ध गराइनेछ’ भनी उल्लेख गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र नेपाललाई वैदेशिक रोजगरीमा जानुपर्ने बाध्यकारी स्थितिबाट मुक्त गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

हाल नेपाली अर्थतन्त्र वैदेशिक रोजगारले नै धान्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =