बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी
२०७५ चैत २६ गते

बारा, २६ चैत । बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ । असिना पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित बनेको हो ।
हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् ।
null
कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल हुरीले उडाएको छ । यसअघि बाराको फेटा गाउँपालिकालगायत स्थानमा हावाहुरी जाँदा २७ जनाको ज्यान गएको थियो । पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो । यी स्थानका प्रभावितलाई टहरामा राखिएको छ ।
२०७५ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








