नेकपा सचिवालय बैठकको निर्यण: हदैसम्मको सजायँ गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, भदौ ९ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको छ । कञ्चनपुरको घटनाबारे छलफल गर्न नेकपाको बैठक बसेको हो ।

बैठकले देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको नेकपाका नेता नारायणकाजी श्रेष्ठले बताए ।

सामाजिक मूल्यमान्यताको विरुद्धमा जाने जोकोहीलाई पनि हदैसम्मको सजायँ गर्न सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षाप्रति गम्भीर कदम चाल्ने निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।

नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय समेत गरेको छ । बैठकमा नेकपाका दुबै अध्यक्ष एवं राजधानीमा उपलब्ध सचिवालय सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =