सरकारसँग अनुमति नलिएको भन्दै पूर्वलडाकु बिमानस्थलबाटै फिर्ता

काठमाडौँ, भदौ ८ । सरकारले एकजना थाइल्याण्ड जान लागेका पूर्व लडाकूलाई विमानस्थलबाट फर्काइदिएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका लेनिन विष्टलाई एउटा पत्र थमाएर अध्यागमनका कर्मचारीले फर्काइदिएका हुन् ।
विष्ट माओवादीमा बाल सेनाका रुपमा कार्यरत थिए ।

जनयुद्धकालमा माओवादीको बाल सेना बनेका विष्टले पछिल्लो समय युद्धमा बालबालिकाको प्रयोगको विपक्षमा मुद्दा उठाउँदै आएका थिए । उनले अन्तर्राष्ट्रिय मञ्चमा बाल सेनाबारे प्रस्तुति दिन जान लागेको सूचना पाएपछि विदेश जान नदिइएको गृहमन्त्रालय स्रोतको जानकारी दिएको छ ।

तर, आफू बालसैन्यबारे कुरा गर्न नभई युवाहरुको कार्यक्रममा सहभागी हुन जान लागेको विष्टको दाबी छ । उनी थाइल्याण्डमा हुन लागेको ‘युथ इन कन्फ्लिक्ट हेल्पिङ एण्ड पिस विल्डिङ थ्रु सोसियल इङ्गेजमेन्ट’ नामक कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

शुक्रबार बिहान ९ बजे विमानस्थल पुगेका विष्टलाई अध्यागमन विभागका कर्मचारीले रोकेका थिए । ‘माथिको आदेश’ भन्दै उनलाई रोकिए पनि केहीबेरमा विष्टलाई दिइएको पत्रमा ‘थाइल्याण्डमा सहभागी हुन जान लागेको कार्यक्रम सम्बन्धमा नेपाल सरकारको कुनै पनि निकायको अनुमति नलिएकाले फिर्ता’ गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =