आस्था राउत महानगरीय प्रहरी परिसरमाः स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

माघ १३, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । गायिका राउत विहान नातेदारसहित टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध महिला प्रहरी जवानले उजुरी गरेपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो । आस्थालाइ परिवारको समन्वयमा साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।
अहिले राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफैं उपस्थित भएर कमजोरी स्वीकारेमा मुद्दा नचलाउने संकेत गरेको थियो । राउतले सामाजिक सञ्जालमा प्रहरी प्रशासन विरूद्ध विभिन्न अपशब्द प्रयाेग गर्दै गाली गरेकि थिइन् ।
null
उनले सिक्कीम टुरका लागि विमानस्थलमा महिला प्रहरीले आफुमाथि दुर्ब्यहार गरेकाे बताउँदै आएकि छिन् ।








