नवनियुक्त राजदूतहरुले लिए सपथ

माघ २५, काठमाडौँ । नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको राजदूत पदमा नियुक्त भएका डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको राजदूतरस्थायी प्रतिनिधि पदका लागि नियुक्त भएका अमृतबहादुर राई र जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूतरस्थायी प्रतिनिधि पदका लागि नियुक्त भएका मणिप्रसाद भट्टराईलाई सपथ गराएकी हुन् । 

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =