पञ्चाङ्ग र राशिफलः यस्तो छ आजको योग फल र तपाईँको भाग्य

कात्तिक २७, काठमाडौँ । वि.सं. २०७६ कात्तिक २७। बुधबार। इ.स. २०१९ नोभेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष।  

प्रतिपदा, १९:४४ उप्रान्त द्वितीया। नक्षत्र– कृत्तिका, २२:५९ बजेउप्रान्त रोहिणी। योग– वरियान्, ११:५१ बजेउप्रान्त परिघ। करण– वालव, ७:२८ बजेदेखि कौलव, १९:४४ बजेउप्रान्त तैतिल।  

आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २६ घडी ८ पला। सर्वार्थसिद्धि योग अहोरात्र। त्रिजटालाई अर्घ्य दिने दिवस। थानकोटमा महालक्ष्मी यात्रा। 

null

राशिफल 

मेषलाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । लाभदायक यात्रापनि रहनेछ । 

वृषमहिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला । 

मिथुनविचार गरेर निर्णय लिनु उचित होला । मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । घर व्यवहारमा झमेला आउला । 

कर्कटआफन्तसंग रमाइलो भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ । 

सिंहश्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ । 

कन्याआफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । 

तुलासोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । 

वृश्चिकनयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ । 

धनुआफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला । 

मकरजोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । 

कुम्भसोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । अनावश्यक धन खर्च बढ्न सक्छ । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला । 

मीनबन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =