दशौं लोयल्टी कप भोलिदेखि

काठमाडौं, फागुन १० ।लोयल्टी एकेडेमीको आयोजनामा दशौं लोयल्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । 

सेभेन ए साइड स्वरुपको प्रतियोगितामा आयोजकको दुईसहित १२ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक वीरेन्द्र कुरुम्वाङले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । 

समूह ‘ए’ मा सिद्धार्थ बनस्थली, नेक्सस, लोयल्टी ‘ए’, टीआईए, हिमालयन र लोयल्टी ‘बी’ रहेका छन् । काष्ठमण्डप, युनाइटेड, विद्या संस्कार, लिटिल एन्जल्स (एलए), टाइमलाइन र शिशु मिलन समूह ‘बी’ मा छन् । 

प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । गत संस्करणको उपाधि एलएले जितेको थियो । फाइनल १६ गते हुने छ । पहिलो दिन हुने एक मात्र खेलमा सिद्धार्थ बनस्थलीले नेक्ससको सामना गर्ने छ । प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =