भौतिक योजना तथा निर्माण मन्त्री फुयाँललाई बधाई
२०७६ चैत ४ गते

चैत्र ४, काठमाडौँ । बाग्मती प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री रामेश्वर फुयाँललाई खेलकुद विकास समितिले बधाई दिएको छ ।
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिले भौतिक योजना तथा निर्माण मन्त्री नियुक्त भएकोमा मङ्गलवार बधाई दिएको हो ।
मङ्गलवार एक कार्यक्रमको आयोजना गरी समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले मन्त्री फुयाँललाई बधाई पत्र हस्तान्तरण गरेका हुन् ।

२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








