लम्कीमा जेसीज परिचय तथा शाखा पदाधिकारी तालिम सम्पन्न

फागुन ११, कैलाली । कैलालीमा लम्की जेसिजको आयोजनामा जेसिज परिचय तथा शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ ।   

लम्की जेसीज वर्ष २०२० का अध्यक्ष बविता पाण्डेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष राम बहादुर बोगटी रहेका थिए । 

लम्की जेसिजका कार्यकारी उपाध्यक्ष राम बहादुर चलाउनेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा लम्की जेसीजका पूर्व अध्यक्ष तर्क बहादुर थापा ले शुभकामना राखेका थिए ।   

null

लम्की जेसीजका सचिव घनश्याम डांगीले आस्थापाठ गरेको कार्यक्रमको संचालन वर्ष २०२० का महासचिव चक्र उपाध्यायले गरे।   

कार्यक्रममा नेपाल जेसीजका प्रशिक्षक जेसी मोहन ढुङगानाले जेसीजको बारेमा प्रशिक्षण दिएका थिए ।   

यस्तै नेपाल जेसीजका प्रशिक्षक तथा फुलबारी जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी विर सिंह महराले शाखामा अध्यक्षको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराएका थिए ।   

कार्यक्रममा कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको काम कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिए।   

तालिममा बौनिया जेसीज,जोसीपुर जेसिज,टीकापुर जेसीज र नारायण जेसिजका अध्यक्ष तथा पदाधिकारी हरुको सहभागिता थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =