यसरी मनाइयो चित्रकार स्वयंप्रकाश शर्मा स्मृति दिवस (फोटोफिचर)
२०७६ कार्तिक ६ गते

कार्तिक ६, धरान । स्मृति युवा कला केन्द्र पूर्वाञ्चलले स्वर्गीय चित्रकार स्वयंप्रकाश श्रेष्ठको स्मृति दिवसका अवसरमा एक दिने चित्रकला कार्यक्रम सम्पन्न गरेको छ । कलाकारिताको संरक्षण गर्न पूर्वाञ्चलका चित्रकारहरुले यस्तो शैली अपनाएका हुन् ।
चित्रकला मार्फत् समाजका लागि धेरै योगदान पुर्याएका युवा कला केन्द्र पूर्वाञ्चलका अध्यक्ष तथा वरिष्ठ चित्रकार स्वर्गीय श्रेष्ठको रूची पनि चित्रकला भएका कारण सो कार्यक्रम आयोजना गरिएको युवा कला केन्द्र पूर्वाञ्चलका उपाध्यक्ष प्रभु कुमार दन्तले बताए ।
उक्त कला कार्यशालामा विराटनगर, उर्लाबारी, धनकुटा, भद्रपुर लगायत छनोटमा परेका प्रदेश नम्बर एकका ३० जना चर्चित चित्रकारहरुको उपस्थिति रहेको थियो ।

२०७६ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित








