सुकुम्वासीलाई ७ दिन भित्र घर जग्गा खाली गर्न निर्देशन

पौष १८  विराटनगर । भुमीहिन सुकुम्वासीहरु विराटनर महानगरपालिका विरुद्ध आन्दोलित बनेका छन् । 

 विराटनगर १ स्थित भट्टाचोक देखि पूर्व परोपकार घाट जानेबाटोमा जग्गा अतिक्रमण गरेको भन्दै विराटनगर महानगरपालीकाले सुकुम्बासीलाई ७ दिन भित्र घर जग्गा खाली गर्न निर्देशन दिइएको थियो । सोहि निर्देशनको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । 

उनीहरुले महानगरपालिकाको विरुद्धमा चर्को नारासहित  विरोध र्याली निकालेका थिए  । विगत ४० वर्ष देखि उक्त स्थानमा बसोबास गर्दै आईरहेका बासिन्दाहरुलाई महानगरपालिकाले प्रत्येक वर्ष पटक पटक घर टहरा हटाउन पत्रचारगरी यातना दिने काम गर्दै आएको विराटनगर १ भटटा चोकका  रोजिता खातुनले बताए । उनको ५ जनाको परिवार रहेको छ ।  

विगत ३० वर्ष देखि उक्त स्थानमा बसोबास गर्दै आएको बताउने खातुनले भने ‘महानगरपालिकाले घर जग्गा विहिन बनाए सनासाना नानीहरु लिएर हामी कहाँ जाने, ’ पौष २८ गते सम्मको समय दिएको छ कहाँ जाने के गर्ने भन्ने दुविधामा रहेको उनको भनाई छ । त्यस्तै बखरी १२ का शारदा देवी ऋीषिदेव भन्छिन् ‘४ जनाको परिवार छ हामी कहाँ जाने के गर्ने जाने ठाँउ कहीँ  छैन’ । ’उनी भन्छिन् चुनाव आउने समयमा हामीलाई विभिन्न आश्वसन दिने गर्दछन् तर चुनाव जितेर गए पश्चात हामीले जिताएका नेतालले वेवास्ता गर्छन । 

गत असार २३ गते  महानगरपालिकाले घर हटाउन पत्र पठाएको तर भूमीहीन सुकुम्बासीहरुका लागि कुनै पनि उचित विकल्प नदिएको शारदाले बताईन् । बिहिवार  नेपाल सुकुम्बासी भूमीहिन संगठन र नेपाल महिला एकता संगठनको संयुक्त आयोजनामा विरोध र्याली विराटनगरको पान्चाली देखि सुरु भएर विराटनगर महानगरपालिकामा आएर विराटनगरका १९ वटा वडाका सुकुम्बासी मिलि आफुहरुको बसोबासको व्यवस्थापनको माग गर्दै प्रमुख पशासकीय अधिकृत एकदेव ज्ञापन पत्र बुझाएका थिए ।  

महानगरपालीकाले जारी गरेको सुचना फिर्ता गनुपर्ने नेपाल भूमीहिन संगठन विराटनगरका अध्यक्ष बुद्धि लिम्बूले माग गरे । उनले जबसम्म बसोबासको व्यवस्थापन महानगरपालीकाले गर्दैन तव सम्म आफु बसेको ठाँउ नछोड्ने लिम्बूको भनाई  छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =