मेसिसनको फितामा बेरिँदा एक मजदुरको मृत्यु
२०७६ पुस १६ गते

पुस १६, काठमाडौं । शिवम सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका-१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा मेसिसनको फितामा बेरिँदा कैलाली मसुरिया-८ घर भएका ३५ वर्षिय राजनप्रसाद चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काराखानामा रहेको मेसिसनको फिता फुस्केर चोट लागि गम्भीर घाइते भएका चौलागाईंको उपचारको लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । लगत्तै अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
null
२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








