१५ वर्षिय बालिकालाई सामुहिक बलात्कार

बैशाख १३, नेपालगञ्ज । बाँकेमा १५ वर्षिय एक बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ युवकलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकाय रहेको प्रहरीले जनाएको छ । उनीहरुले मादक पदार्थ सेवन गरी बुधबार दिउँसो २ बजेतिर घरमा एक्लै रहेकी बालिकालाई तानेर लगी बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा बलात्कार गरेका थिए ।
null
बलात्कृत बालिकाले यी दुई युवकको प्रहरीमा किटानी जाहेरी दिएपछी उनीहरु भाग्दै गरेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंह बताएका छन् ।
बालिकालाई बलात्कार गर्दा सुरुमा बिरुले बलात्कार गरेका र सो बलात्कारको भिडियो रामकाजीले बनाईरहेका थिए । बिरुले बलात्कार गरेपछी रामकाजीले किशोरीलाई ‘यौनकाण्ड’को भिडियो बनाएकाले उनीलाई पनि यौन सम्पर्क गर्न नदिए भिडियो सार्वजनिक गरिदिने भनेर धम्की दिई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
युवतीले किटानी जाहेरी पछी ति दुई युवक पक्राउ गरिएको र उनीहरुमाथी भ्याद थप गरी आवश्यक कारवाही अघी बढाई सकिएको प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीले रामजीको मोबाइल चेक गर्दा सो खिचिएको भनिएकाे भिडियो नभेटिएकोले रामकालीले धम्की मात्र दिएको या भिडियो डिलिट गरि सकिएको प्रहरीले आशंका गरेका छन् ।








