कुलबहादुर र सरस्वतीलाई अवार्ड

फागुन १२, काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा आफैले स्थापना गरेको मनोरन्जनरमण शर्मा अवार्ड राष्ट्रिय भलिबल टिमका कुलबहादुर थापा र सरस्वती चौधरीले सोमबार पाएका छन् ।   

अवार्डसंगै दुवैले जनही ३५ हजार नगद प्राप्त गरे । 

सोही अवसरमा बंगलदेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता खेलाडी टोली, प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि शर्माले व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप जनही १० हजार नगद पुरस्कार प्रदान गरेका थिए । 

6.jpg

नेपाल स्याटलाइट टेलिकम प्रा.लि. की अध्यक्ष अस्मिता सुमार्गी, अध्यक्ष शर्मा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =