काठमाडौं सहित अधिकांश स्थानकाे मौसममा अाज बदली

काठमाडाैं, भदाै ३ । केहि दिनदेखि लगातार रूपमा बदलि रहदै अाएकाे माैसम अाजपनि बदलि हुने छ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अाज बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माैसमविदका अनुसार अधिकांश स्थानकाे मौसम आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै अाज राति  केहि स्थानकाे मौसम सामान्यतया बदली हुनेछ । राति पश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताए । यस्तै मध्य र पूर्वका केही ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । केही दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =