केरलामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो

कोची, भारत, भदौ १ । भारतको केरला राज्यमा केही दिनदेखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।

शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ ।

मुख्यमन्त्री विजयनले शुक्रबार ट्वीटरमार्फत दिएको जानकारीमा भनिएको छ, “केरलामा बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ । बाढीका कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।”

बिहीबारसम्मको तथ्याङ्कको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक सङ्ख्यामा तीन गुणाले वृद्धि भएको देखिएको छ । रासस/एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =