पक्राउ परिन् जुम्ल्याहा छोरीलाई चर्पीमा डुबाइ हत्या गर्ने आमा

“
काठमाडौँ, भदौ १ । दुई जुम्ल्याहा छोरीलाई ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबाएर मार्ने युवती पक्राउ परेकी छिन् ।
दुई छोरीहरुलाई चर्पीमा डुबाएर फरार रहेकी ताप्लेजुङ्की कमला विक पक्राउ परेकी हुन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी २० वर्षीया कमला विकलाई धरान जान लागेको सूचनाका आधारमा प्रहरीले उनलाई शुक्रबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।
अनिताले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भागेकी थिइन् । डुबाइएकी एक छोरी सेफ्टी ट्याङकीमा मृत भेटिएकी थिइन् भने अर्कीको उपचारका क्रममा मृत्यु भएको थियो ।
एक वर्ष पनि नपुगेका ती दुई जुम्ल्याहा बच्चाकी आमाले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् । तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जन्म दिएकी थिइन् ।
“








