विरोध गर्दैमा सरकार ढल्दैन, ओखलढुंगाबाट काँग्रेस सकियो– अध्यक्ष दाहाल

काठमाडौँ, साउन ३१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले विरोध गर्दैमा सरकार नढल्ने दाबी गरेका छन् ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कांग्रेस, राजपालगायत पार्टीका नेता–कार्यकर्तालाई ने क पामा प्रवेश गराउने अध्यक्ष दाहालले कुनै पनि पार्टीले विभिन्न एजेन्डा बटुलेर विरोध गर्दैमा सरकार नढल्ने दावी गरेका हुन् ।

कार्यक्रममा दाहालले भने, “नेपाली जनताले हामीलाई दुई तिहाईको मत दिएका छन् । कसैले विरोध गर्दैमा सरकार ढल्दैन । हामी सामाजिक न्यायसहित समृद्धिको नयाँ विमान उडाउन लागिरहेका छौं । विमान उड्ने तयारीमा छ ।”

उनले कार्यकर्ताको पार्टी प्रवेशले विमान उड्न सहज बताए । सरकार कमजोर पार्नेहरुको लागि कार्यकर्ताको प्रवेश गतिलो जवाफ भएको उनको भनाइ छ ।

साथै उनले ओखलढुंगाबाट कांग्रेस सकिएको दाबी गरे । ओखलढुंगा झापा र रोल्पा नेपाली राजनीतिको ऐतिहासिक नाम भएको भन्दै उनले ओखलढुंगाका साथीहरुको पार्टी प्रवेशले कांग्रेस सकिएको बताए । उनले कांग्रेस, राजपालगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता ने क पामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =