योगा तथा ध्यान गर्दा हाम्रो स्वास्थ्यमा यतीका धेरै फाईदा

 

साउन ७ ।  योगा तथा ध्यान गर्नु मानव स्वास्थका लागि निकै फाइदा जनक रहेकाे छ  । ध्यान र योगाले मानव शरिरमा सकारात्मक परिर्वतन ल्याउने यस क्षेत्रका विज्ञहरु बताउँछन् । 

किनभने ध्यान तथा योगा गर्ने बानीले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउने विभिन्न अनुसन्धानले पनि पुष्टि गरेको पाईन्छ । सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या हुन सक्ने भएकोले योग गर्ने सही तरिका र समयको बारेमा पनि जान्नु  हाम्राे लागि अति आवश्यक रहेकाे हुन्छ ।   

null

योग तथा ध्यान बिहानी पख खालीपेटमा गर्दा स्वास्थ्यलाई एकदमै फाईदा हुने हुन्छ । आज हामी तपाईलाई  नियमित योगा तथा ध्यान गर्दा के–के हाम्रो स्वास्थ्यलाई फाईदा हुन्छ त्यस बारेमा बताउँने छौँ । 

–अनिद्राको समस्या छ भने सुधार हुन्छ । 

–सकारात्मक भावनाको विकास हुन्छ । 

–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

– मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ । 

– डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ । 

– कुलतबाट जोगिन सहयोग पुर्‍याउँछ । 

–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ । 

– ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ । 

–तनाव नियन्त्रण गर्छ । 

–पारिवारिक सद्भाव बढ्छ । 

– अरुप्रति मानवीय भावनाको विकास हुन्छ । 

– खतरनाक क्यान्सर रोगबाट जोगाउँछ । 

– शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =