योगा तथा ध्यान गर्दा हाम्रो स्वास्थ्यमा यतीका धेरै फाईदा

साउन ७ । योगा तथा ध्यान गर्नु मानव स्वास्थका लागि निकै फाइदा जनक रहेकाे छ । ध्यान र योगाले मानव शरिरमा सकारात्मक परिर्वतन ल्याउने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।
किनभने ध्यान तथा योगा गर्ने बानीले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउने विभिन्न अनुसन्धानले पनि पुष्टि गरेको पाईन्छ । सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या हुन सक्ने भएकोले योग गर्ने सही तरिका र समयको बारेमा पनि जान्नु हाम्राे लागि अति आवश्यक रहेकाे हुन्छ ।
null
योग तथा ध्यान बिहानी पख खालीपेटमा गर्दा स्वास्थ्यलाई एकदमै फाईदा हुने हुन्छ । आज हामी तपाईलाई नियमित योगा तथा ध्यान गर्दा के–के हाम्रो स्वास्थ्यलाई फाईदा हुन्छ त्यस बारेमा बताउँने छौँ ।
–अनिद्राको समस्या छ भने सुधार हुन्छ ।
–सकारात्मक भावनाको विकास हुन्छ ।
–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।
– डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।
– कुलतबाट जोगिन सहयोग पुर्याउँछ ।
–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।
– ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।
–तनाव नियन्त्रण गर्छ ।
–पारिवारिक सद्भाव बढ्छ ।
– अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।
– खतरनाक क्यान्सर रोगबाट जोगाउँछ ।
– शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।









